शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड विरुद्धको भ्याक्सिन पोखरा आइपुग्यो, पहिलो चरणमा १८ हजार फ्रन्टलाइनरलाई खोप

आइतबार, ११ माघ २०७७, २० : ०१
आइतबार, ११ माघ २०७७

पोखरा । गण्डकी प्रदेशका लागि कोरोना संक्रमण (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड’ पोखरा आइपुगेको छ। भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप आइतबार साँझ पोखरा आइपुगेको हो । 

सरकारले प्रदेशका लागि ल्याएको ‘कोभिसिल्ड’ नामक खोपलाई प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रको कोल्ड स्टोरमा राखीको छ । गण्डकी प्रदेशलाई खोप लिन पोखराबाट ‘रेफ्रिजेरेटर भ्यान’ शुक्रबार नै काठमाडौं पुगेको थियो । प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका अनुसार वितरण गरिनेछ । 

गण्डकी प्रदेशमा पहिलो चरणमा कोरोना विरूद्धको खोप फ्रन्टलाइनरलाई लगाइने तयारी गरिएको छ । प्रदेशले ४० हजार डोज खोप पाउने बताइएको भएपनि पहिलोचरणमा लगाउने फ्रन्टलाइनरहरुका लागि १८ हजार डोज आएको बताइएको छ । 

आइतबार पोखरा आइपुगेको खोप सोमबार जिल्ला जिल्लामा पु-याउने प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थ्पान केन्द्र पोखराका निर्देशक खिम खड्काले जानकारी दिए । प्रदेशका जिल्लाहरुमा खोपलाई २ चरणमा पठाइने छ । पर्वत, बागलुङ, म्याग्दी मुस्ताङमा पहिलो चरण र स्याङजा, तनहुँ, लमजुङ, मनाङ, गोरखा, नवलपरासी पुर्वमा अर्को चरणमा खोप पठाइने छ ।

केन्द्रले खोपसहित व्यवस्थापन र सहजीकरण गर्नका लागि गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई खोप व्यवस्थापन संयोजक तोकिएको छ । खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड १९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी,फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

२ मात्रामा दिइने खोप पहिलोपटक लगाएको १ महिनापछि पुन दोस्रो मात्रा दिइने गण्डकी स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोद विन्दु शर्माले बताए। १ हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप