
भारतबाट केरा लिएर नेपालतर्फ आइरहेको ट्रकमा आठ फिट लामो सर्प देखिएपछि...
काठमाडौं । भारतबाट केरा लिएर नेपालतर्फ आइरहेको एउटा ट्रकको केबिनमा आठ फिट लामो सर्प देखिएपछि आइतबार सुनौली भन्सार नजिकै खलबली मच्चियो । केबिनमा सर्प देख्नासाथ ट्रकको इन्जिन बन्द गरेर चालक भागेपछि आसपासका मानिस भेला भए ।
प्रहरी र सर्वसाधारणको मद्दतमा उक्त ट्रकबाट सर्पलाई समातेर सुरक्षित स्थानमा लगेर छोडिएको थियो । भारतको आन्द्रप्रदेशबाट केरा लिएर सुनौली भन्सारमा आइपुगेको ट्रकमा सर्प देखिएर चालक भागेपछि करिब एक घण्टासम्म सडक जाम भएको बताइएको छ ।
करिब एक घण्टा लगाएर उक्त सर्पलाई ट्रकबाट निकालेर सुरक्षित स्थानमा छाडिएपछि सवारी आवागमन सूचारु भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ