केन्द्रीय संस्करण

संसद् पुनःस्थापनाको लाइन छोड्ने आफैं बेलाइन भएर जान्छ  ः नेता पौडेल

person explore access_timeमाघ ११, २०७७ chat_bubble_outline0
फाइल फोटो

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना एकसूत्रीय माग राखी जनता समक्ष गएको बताएका छन् । गुराँस पुस्तकालय विराटनगर बरगाछीद्वारा प्रकाशित ‘बरगाछी’ को १६ अङ्क मुक्तिप्रसाद यदुनाथ चापागाईं विशेषाङ्कको आज लोकार्पण गर्दै उनले कांग्रेस प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले पुनःस्थापना मात्र विरोधको मुद्दा लिएर सडक आन्दोलन गरिएको धारणा राखे।

वरिष्ठ नेता पौडेलले जनताले ठूलो त्याग, बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिन पार्टीले सडक सङ्घर्ष आन्दोलन गरेको प्रष्ट पारे । ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने निर्णय नै काँग्रेसको लाइन हो,’ पौडेलले भने, ‘यो पार्टीको लाइन छोड्ने आफैं बेलाइन भएर जान्छ ।’

 ‘प्रतिनिधिसभा विघटन राजनीतिक निर्णय भएकोले पुनःस्थापनाको मुद्दा खारेज गर्नुपर्छ भन्दै अदालतलाई धम्क्याउने प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ,’ उनले भने, ‘प्रतिपक्षले अदालतको निर्णय कुरेर बस्ने होइन ।’

 पौडेलले अदालतलाई केही भन्नु हुँदैन भन्दै नाटकीय छलछाम र जनतालाई धोका दिने काम गर्न नहुने बताए । नेता पौडेलले ‘पार्टी स्वतन्त्र समाज, समावेशीता र महिला अधिकारमा अग्रणी रहेको छ’ भन्दै जनताको, चित्त दुखाएर होइन मन जितेर मात्र निर्वाचनमा जानु पर्नेमा जोड दिए । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, डा डिला सङ्ग्रौला र गुरु घिमिरे संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अझ विस्तार र बृहत गर्नुपर्ने विचार व्यक्त गरे  । 

पुस्तकालयका अध्यक्ष  दीपक चापागाईँ, प्रदेशसभा सदस्य केदार कार्की, प्राज्ञ दधिराज सुवेदी, कविराज न्यौपाने, यदु विष्ट, उद्धव कोइरालालगायतले पुस्तक १०४ वर्षे राणा शासनकाल अन्त्यका लागि गरिएको आन्दोलनको एतिहासिक ग्रन्थ हुनुका साथै विसं २००७ क्रान्तिको दस्तावेज रहेको विचार व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा देवी डाँगीलाई रु २१ हजार राशीको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान र कोरोना महामारीले मृत्यु भएकाको शव अन्त्येष्टिमा सक्रिय रुपमा सहयोग पु¥याउने तथा सङ्क्रमितको घर घरमा सेनेटाइजर गर्ने बरगाछी युवा समूहलाई रु १५ हजार राशिको  सामाजिक पुरस्कारबाट सम्मान गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.