ad
केन्द्रीय संस्करण

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन ध्यानाकर्षण

person explore access_timeमाघ ११, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशिल विभिन्न तीन कर्मचारी सङ्गठनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । प्राधिकरणका कामय मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आज एक ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले विद्युत् भार कटौतीको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत जोडिएका विद्युत् लाइनको महसुल हालसम्म पनि नउठेकामा ध्यानाकर्षण गराएका हुन् ।
 
प्राधिकरण सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले सञ्चाालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले २०७६ असोज १६ गते प्रतिवेदन बुझाएको थियो । यस्तै, प्राधिकरण सञ्चालक समितिको २०७६ कात्तिक १६ गते बसेको बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने निर्णय गरेको थियो । 

निर्णय भएको लामो समय भइसक्दा महसुल उठन नसकेको भन्दै प्राधिकरणका क्रियाशिल आधिकारीक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी सङ्घ र कर्मचारी  कल्याण परिषद्ले आज ध्यानाकर्षण गराएको हो । विद्युत्भार कटौतीको समयमा औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका उद्योग प्रतिष्ठानले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली लिएका थिए । त्यसरी लिएको बिजुलीको महसुल मात्रै झण्डै रु ११ अर्ब बराबर रहेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.