शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरमा यस्ता लक्षण देखिएका छन् भने बुझ्नुहोस् कलेजोमा  समस्या छ, बच्ने तरिका के ?

सोमबार, १२ माघ २०७७, ०७ : १८
सोमबार, १२ माघ २०७७

‘फ्याटी लिभर डिजिज’ कलेजोमा अतिरिक्त फ्याट बढेपछि निम्तिने एक समस्या हो । कलेजोमा बोसो बढ्नु मानिसको स्वास्थ्यका लागि एक निकै खतरनाक हुनसक्छ । कलेजोसँग जोडिएको नन अल्कोहोलिक फ्यटी लिभर डिजिज (एनएएफएलडी) कलेजोसँग जोडिएको एउटा मुख्य प्रकारको रोग हो । विज्ञका अनुसार यसका विभिन्न चरण हुन्छन् र हरेक चरणका केही लक्षण पनि हुन्छन् । 

यी लक्षणमार्फत् रोगका पहिचानः

कलेजोमा दीर्घकालिन समस्या निम्तिँदा यसले कलेजोमा सिरोसिसको खतरा बढाउन सक्छ । यदि सिरोसिसको एड्भान्स स्टेजमा पुगेको छ भने यसका थुप्रै गम्भीर लक्षण देख्न सकिन्छ । ‘नेशनल हेल्थ सर्भिस’ का अनुसार यसको प्रमुख लक्षण खुट्टा बेस्सरी सुन्निनु हो । 

यी पनि हुन् लक्षणः

विज्ञका अनुसार सिरोसिसका अन्य थुप्रै लक्षण छन् जुन हरेर तपाईं यो रोगको अन्दाज गर्न सक्नुहुन्छ । छाला पहेँलो हुनु, आँखाको सेता भाग पहेँलो हुनु वा छाला चिलाउनु पनि यसका लक्षण हुनसक्छन् । यस्ता लक्षण देखिए तपाईं तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

के हो एनएएफएलडी रोगको उपचार ? 

डाक्टरका अनुसार एनएएफएलडीको कुनै विशेष उपचार छैन । यद्यपि, जीवनशैलीमा सानोतिनो परिवर्तन गरेर यसलाई रोक्न भने सकिन्छ । यसमा तौल घटाउनु सबैभन्दा फाइदाजनक हुनसक्छ । यसो गर्दा कलेजोमा जमेको बोसो र फाइब्रोसिसलाई कम गर्न सकिन्छ ।

शर्टकट तरिकाले तौल नघटाउनुहोस्ः

स्वास्थ्य विज्ञका अनुसार शर्टकट तरिकाले तौल घटाउनु पनि मानिसका लागि खतरनाक हुनसक्छ । यसले तपाईंको तौलमा थप नकारात्मक असर पार्ने गर्छ । नियमित रुपमा व्यायाम र सही वर्कआउटमार्फत् तौल घटाएर नै एनएएफएलडीको जोखिम कम गर्न सकिन्छ । 

विशेष व्यायाममाथि ध्यान केन्द्रीत गर्नुहोस्ः

ब्रिटिश मेडिकल जर्नल (बीएम) मा प्रकाशित एक रिपोर्टका अनुसार रेजिस्टेन्स व्यायाम शरीरको तौल कम गरेर एनएएफएलडीको समस्याबाट पार लगाउन मद्दत गर्छ । यो व्यायामले एनएएफएलडीको खतरालाई कम गर्ने दाबीमाथि थप अनुसन्धान गर्न आवश्यक छ ।

रक्सीले खतराः

यदि तपाईं मद्यपान गर्नुहुन्छ भने यसको खपतका लागि डाक्टरको सल्लाह सधैं ध्यानमा राख्नुहोस्  । यदि तपाईं नियमित रुपमा रक्सी पिउनुहुन्छ भने ध्यानमा राख्नुहोस् कि डाक्टरले हप्तामा १४ युनिटभन्दा बढी रक्सीको सेवन गर्न अस्विकार गर्छन् । तपाईंले यो युनिटलाई हप्तामा तीनपटक फरक फरक दिन बाँड्ने कोसिस गर्नुहोस् ।

कस्तो खाना खाने ?

डाक्टरका अनुसार एनएएफएलडीबाट बच्नका लागि तपाईंले स्वस्थ र सन्तुलित भोजनमाथि केन्द्रीत हुन आवश्यक छ । आफ्नो डाइटमा गेडागुडीको मात्रा बढाउनुहोस् जुन फाइबर र कार्बोहाइड्रेटले भरपुर हुन्छ । साथै चिनीको अत्यधिक सेवनबाट पनि बच्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप