भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै
नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ।
नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लएरै त्यसबाट छनोट गरी लैजाने गरेका खुलेको हो।
कतारी प्रतिनिधिले पहिलो चरणमा गत फागुनमै १ सय ७९ युवालाई वैधानिक तवरले लगेका थिए। तर दोस्रो चरणमा भने अवैधानिक तवरले ३ सय युवालाई कतार लैजान त्यहाँका प्रतिनिधिले अन्तर्वार्तासमेत लिएको थियो। वैदेशिक रोजगार विभागले भने यस घटनाप्रति नेपाललाई कतारले हेपेको बताएको छ।
विभागका महानिर्देशक कुमार दाहालले भने, ‘नेपाली युवालाई कतारले धमाधम भारतीय बाटो हुँदै लगिरहेको भन्ने सूचना प्राप्त भएको छ यो सरासर गलत काम हो, कतारबाटै श्रम सम्झौता उल्लंघन भयो।’
तर यसबारे विभागले भने त्यसरी कतार जानेहरूको धमाधम रेकर्ड राख्न थालेको पनि महानिर्देशक दाहालले बताए।
आजको कान्तिपुर दैनिकमा यो समाचार छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ