शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्कृष्ट पुनरागमन गर्दै एथ्लेटिकोलाई ७ अंकको अग्रता

सोमबार, १२ माघ २०७७, ०७ : ४४
सोमबार, १२ माघ २०७७

एक गोलले पछि परेको स्थिति उल्टाएर भ्यालेन्सियालाई पराजित गर्दै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ७ अंकको फराकिलो अग्रता बनाउन सफल भएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिकोले ३–१ को जीत हासिल गरेको हो ।

भ्यालेन्सियाले खेलको ११ औँ मिनेटमा उरोस र्याकिचको गोलको मद्दतले अप्रत्यासित अग्रता लिएको थियो । तर, २३ औँ मिनेटमा जोआ फेलिक्सले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा लुइस सुवारेजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाउँदै पुनरागमन पुरा गरे । ला लिगामा पछिल्लो सात खेलमा सुवारेजले कम्ति एक गोल गरेका छन् । ७२ औँ मिनेटमा एन्जेल कोरेयाले गोल गर्दै एथ्लेटिकाको जीत सुनिश्चित गरे ।

लगातार सातौँ जीतपछि १८ खेलबाट ४७ अंक बटुल्दै एथ्लेटिको लिगको शीर्ष स्थानमा कायम रहेको छ । एक खेल बढी खेलेको रियल दोस्रो स्थानमा रहेको छ । रियलको ४० अंक रहेको छ ।

तेस्रो स्थानमा रहेको बार्सिलोनाले आइतबार नै इल्चेलाई २–० गोलले हरायो । बार्सिलोनाको जीतमा फ्रांकी डि योङले एक गोल गर्नका साथै अर्को गोलको अवसर सिर्जना गरे । १९ खेलबाट बार्साको ३७ अंक रहेको छ ।

अन्य खेलमा ओसासुनाले ग्रानाडालाई ३–१ ले हरायो भने सेल्टाभिगो र इबारले १–१ को बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप