शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोटोग्राफर्सले नतासालाई चिच्याएर बोलाएः वरुणले भने, ‘बिस्तारै बोलाउनुहोस्, डराउलिन् बिचरी’

सोमबार, १२ माघ २०७७, ०८ : ५९
सोमबार, १२ माघ २०७७

वरुण धवन र नताशा दलाल विवाह बन्धनमा बाँधिइसकेका छन् । यी दुईको विवाह अलीबागको द मेन्शन हाउस रिसोर्टमा भएको हो । वरुण धवन र नताशा दलालको विवाह स्थलमा थुप्रै दिनदेखि मिडियाकर्मीको बाक्लो उपस्थिती छ । यस्तोमा अब उनीहरुले आफ्नो विवाह पूरा भएपछि मिडियासामू सार्वजनिक भएका छन् । 

फोटोग्राफरसँग वरुणको ठट्टाः

वरुण धवन र नताशालाई देखेर त्यहाँ उपस्थिती फोटोग्राफर उपस्थित भए र उनीहरुलाई विवाहको शुभकामना दिन थाले । केहीले नताशाको नाम लिएर उनलाई क्यामरातिर हेर्न भने त कतिले विवाहको शुभकामना भनेर चिच्याए । यो देखेर वरुण धवनले सबैलाई शान्त पार्ने कोसिस गरे । वरुणले भने, ‘आरामले, आरामले.... डराउलिन् विचरी...’ यो कुरा सुनेर नताशा पनि हासिन् । 

वरुण धवनले सोसल मिडियामा आफ्नो विवाहको घोषणा गर्दै केही फोटो सेयर गरेका छन् । उनले दुई फोटो सेयर गरेका छन् । ती फोटो सेयर गर्दै उनले भने, ‘जीवनभरको प्रेमले आज आधिकारिकता पायो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप