
डाइपरमा लुकाएर सुन तस्करी, दुईजना विमानस्थलबाट पक्राउ

काठमाडौं । कतारबाट अवैध तरिकाले सुन ल्याउने र सुन संकलन गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारबाट आएका सुवास गुरुङ र सुन संकलन गर्न विमास्थलमा पुगेका तनहुँका टकबहादुर गुरुङलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
आइतबार कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट काठमाडौं आएका सुवास गुरुङको लगेज जाँच गर्दा सुन भेटिएको थियो । बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको सुन फेला परेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लियो ।
सुवासको बयानका आधारमा सुन रिसिभ गर्न गएका तनहुँ व्यास नगरपालिका–९ का ३१ वर्षीय टक बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
चितवन भरतपुर घर भएका सुवासले डाइपरमा लुकाएर ल्याएको ३ सय ४४ दशमलव ९९ ग्राम सुनका रिङ र बाला बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
सुवासले डाइपरको बटनमा लुकाएर सो सुन कार्टुनमा राखेर नेपाल ल्याएका थिए । पक्राउ गरिएकालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ