
उपचारको क्रममा गायकको निधन

पोखरा । कलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको आज बिहान उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।
उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् । पोखराको बाटुलेचौर निवासी गायक संगीत शिक्षक पनि रहेका थिए ।
सारंगीको संरक्षणका लागि गायकले गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर संगीत सिक्न चाहनेलाई नि;शुल्क संगित सिकाउने कार्य गर्दै आएका थिए । उनकै सक्रियतामा बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ