बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजेटको अर्धवार्षिक समीक्षाका लागि छलफलमात्र भएको होः आर्थिक सल्लाहकार डा. श्रेष्ठ

सोमबार, १२ माघ २०७७, १४ : ५६
सोमबार, १२ माघ २०७७

चालु आर्थिक वर्ष (२०७७/७८) को बजेटको अर्धवार्षिक समीक्षा अर्थ मन्त्रालयले गरेको नभइ छलफल मात्र भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले स्पष्ट पारेका छन् । 
सञ्चार माध्यममा अर्थ मन्त्रालयले गरेको बजेटको अर्धवार्षिक समीक्षा भन्दै आएका समाचार प्रति प्रष्ट पार्दै उनले अर्धवार्षिक समीक्षाका लागि मन्त्रालयहरुको सचिवसँग बजेट प्रगतिमा छलफल मात्र भएको बताए  । 

आइतबार अर्थ मन्त्रालयले अर्धबार्षिक समिक्षाका लागि मन्त्रालयका सचिवहरुलाई बोलाएर बजेट प्रगतिको स्थिती बुझेको थियो ।  उनीहसँगको छलफललाई आधार मानेर बजेट समिक्षा गरिने छ  । उनले भने, ‘अर्धवार्षिक समीक्षामा अर्थले प्रतिवेदन निकाल्छ, बजेट संशोधन गर्नुपर्ने भए गर्छ, कुनै लक्ष्य संशोधन गर्नुपर्ने यसैमा हुन्छ ।’ 

अर्थ मन्त्रालयबाट आइतबार पठाइएको एउटा प्रेस रिलिजमा मन्त्रालयले गरिएको अर्ध वार्षिक समिक्षा भनिएको थियो । सोही अनुसार आमसञ्चार माध्यममा गलत बुझाइ भएको भन्दै डा. श्रेष्ठले स्पष्ट पारेका हुन् ।  अर्धवार्षिक समीक्षाका लागि सूचना पठाइदिन मन्त्रालयहरुसँग अर्थले आग्रह गरेको छ । र, बजेट प्रगतिको जानकारी लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप