शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साना कम्पनीले उचाल्यो सेयर बजार

सोमबार, १२ माघ २०७७, १५ : ३९
सोमबार, १२ माघ २०७७

काठमाडौं । साना कम्पनीमा लगानीकर्ता हावी हुँदा सोमबारको सेयर बजार पनि उचालिएको छ । यो दिन सेयर बजार परिसूचक नेप्से १६.०४ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगको हो । यो दिन कुल ८ अर्ब ९० करोडको कारोबार भएको थियो । 

नेप्से परिसूचक बढे पनि यो दिन सेन्सेटिभ परिसूचक भने घटेको छ । सेन्सेटिभ परिसूचक सेयर बजारमा सूचिकृत ‘क’ वर्गका कम्पनीको मापन गर्ने परिसूचक हो । यो दिन १२ वटा उपसूचक मध्ये बैंकिङ, व्यापारमूलक, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूह मात्रै बढेका छन् । 

आज नागरिक लगानी कोष, गुराँस लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी हाइड्रोपावर, नेशनल हाइड्रोवापर कम्पनी र हिमालयन पावर पार्टनरको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा बढी मूल्य भने श्री इन्भेष्टमेन्टको ६.९८ प्रतिशतले घटेको छ । आज कारोबार भएका १ सय ७४ कम्पनीमध्ये ६२ कम्पनीको मूल्य बढेको छ । १ सय ७ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप