बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको ‘शब्दवाण’ पछि ९४ वर्षीय अधिवक्ताको गुनासो– मेरो अपमान भयो श्रीमान् !

सोमबार, १२ माघ २०७७, १६ : ०३
सोमबार, १२ माघ २०७७

काठमाडौं । वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्माको अभिव्यक्तिबाट आफ्नो अपमान भएको भन्दै न्यायाधीशहरुको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाई सकेर संवैधानिक इजलास उठेसँगै ९४ वर्षीय कानुन व्यवसायी भण्डारीले न्यायाधीशहरुको ध्यानाकर्षण गराएका हुन् ।

आफूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका साथै विभिन्न अधिकारका लागि भएको संघर्षमा योगदान गरेको चर्चा गर्दै उनले यो उमेरमा आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोबारे गरेको टिप्पणीबाट मर्माहत हुन पुगेको न्यायाधीशहरुसमक्ष बताए ।

सोमबार बहसकै क्रममा पनि बार एशोसिएशन नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि वरिष्ठ अधिवक्ता भण्डारीका बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति न्यायसंगत नरहेको टिप्पणी गरेका थिए । उनले वरिष्ठ न्यायाधीश कृष्णप्रसाद भण्डारीज्यू बहसका लागि अदालतमा उपस्थित हुँदा प्रधानमन्त्रीलाई किन छटपटी भन्ने प्रश्नसमेत गरेका थिए ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीलाई लक्षित गर्दै ‘एक जना बाजे’ भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप