मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्ले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैनः सभामुख सापकोटा (भिडियो)

सोमबार, १२ माघ २०७७, १६ : १६
सोमबार, १२ माघ २०७७

सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद् सुचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधि सभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन् । 

 संसद्मा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको उनले बताए ।  उनले भने, ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्द ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत ग¥यौं । हामी सबै सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।’
सभामुख सापकोटाले प्रतिनिधि सभाको अधिवेसन सूचारु गर्ने कुरामा सरकारले अवरोध गनु बेठिक भएको पनि बताए । 

संसद्ले संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना ग¥यो भन्नु गलत भएको पनि बताए । 

संसद फेरि पनि सूचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए । उनले भने, ‘दुईवटा सदन चलाएको अनुभव सहित हाम्रो व्यवस्थित देशको सर्वाङ्गिण कुरामा ध्यान दिँदै व्यवस्थित ढंगले संसद सञ्चालन गर्ने तयारी हुँदै गर्दाखोरी हठात संसद सञ्चालनमा आवरुद्धता आएको छ । त्यसलाई सुचारु गर्नपर्छ भनेर तपाईहरुले मात्रै होइन यो देशका सबै संविधानविद्हरु, कानूनविद्हरु, विज्ञहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांसले चिन्ताका साथ सूचारु हुनुपर्छ भन्ने आवाज उठाईराख्नु भएको छ ।

त्यस सम्बन्धमा म गम्भिरतापूर्वक जिम्मेवारी पूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।’
सभामुख सापकोटाले संसद्ले सरकारलाई जहिले पनि सहायोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप