शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनताका बीचमा गएर नयाँ जनमत लिने अवसरः गृहमन्त्री थापा

सोमबार, १२ माघ २०७७, १८ : १५
सोमबार, १२ माघ २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी  भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आरोप लगाए ।

उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गरे । ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप