बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका विजयी

सोमबार, १२ माघ २०७७, १८ : २७
सोमबार, १२ माघ २०७७

चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा  रजनी थोकरले दुई, दिल कुमारी राना मगर र सनिता भोलानले एक–एक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्काइन् ।


ह्याट्रिक पूरा गरेकी सविताले ५१औं, ६९औं र ७८औं मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ निकै प्रतिस्पर्धामक बनेको थियो । पहिलो हाफमा काउन्टरमा पुगेको चन्द्रपुरले इन्जुरी समयमा मात्र खाता खोलेको थियो । 

दुई गोल गरेकी दिल कुमारीले पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । यस्तै रजनी थोकरले ४७ औं र सुनिता भोलानले ८५औं मिनेटमा जाली चुमाउन सफल भएकी थिइन् । 

यस अघि पहिलो हाफमा चौदण्डीगढीले २३औं मिनेटमा सुरुआती अग्रता बुनेको थियो । प्रतियोगितामा मंगलबार विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिका बीच दिनको पहिलो खेल हुँदा दिनको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप