शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने

सोमबार, १२ माघ २०७७, १८ : ३३
सोमबार, १२ माघ २०७७

पोखरा । पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष क्लव स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । टाइगर गु्ररुप अफ पोखराको आयोजनामा यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म पोखरा रंगशालामा राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनशिप भलिवल प्रतियोगिता हुने भएको हो । 

कोरोना संक्रमणका कारण लामो सयमदेखि बन्द खेलकूद गतिविधिलाई चलायमान बनाउन भलिवल प्रतियोगिता आयोजना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए।

प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ४ गरी कूल ८ टिमको सहभागिता रहने उनले बताए । अध्यक्ष शर्माका अनुसार महिला तर्फ सशस्त्र प्रहरी बल काठमाण्डौ, त्रिभूवन आर्मी क्लब काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्ड एकेडेमी काठमाण्डौं प्रतियोगितामा सहभागी हुने छन्।

त्यसैगरी पुरुष तर्फ सशस्त्र प्रहरी बल काठमाण्डौं, त्रिभूवन आर्मी क्लब काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौं र गण्डकी प्रदेश पोखराले प्रतियोगितामा सहभागि हुने छन्। 

प्रतियोगिता अन्तरर्गत महिला र पुरुष दुबैतर्फ प्रथम पुरस्कार १ लाख ५० हजार, द्धितीय पुरस्कार ७५ हजार र तृतीय पुरस्कार ३५ हजार रुपैयाँ रहेको जानकारी अध्यक्ष शर्माले दिए। 

त्यस्तै सान्तोना पुरस्कार महिला र पुरुष दुवै तर्फ १५।१५ हजार रुपैयाँ रहेको छ । महिला र पुरुष दुबैतर्फ सफल सर्वोकृष्ट खेलाडीलाई २०।२०हजार रुपैया पुरस्कार रहेको छ। 

त्यस्तै सफल उत्कृष्ट सर्भर, सफल उत्कृष्ट सेटर, सफल उत्कृष्ट ब्लकर, सफल उत्कृष्ट डिफेन्ड र सफल उत्कृष्ट स्पाइकरलाई पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिने छ।

कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको प्रतियोगितामा ३० लाख वचत हुने अनुमान आयोजकको रहेको छ।

प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर रु १ सय तोकिएको छ । त्यसैगरी सेािफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप