शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

द क्लिफले भित्र्यायो नयाँ खेल ‘जर्ब बल’

सोमबार, १२ माघ २०७७, १९ : ०८
सोमबार, १२ माघ २०७७

कुश्मा । बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल ‘जर्ब बल' सञ्चालनमा ल्याएको छ। 

द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिइने क्लिफका अध्यक्ष राजु कार्कीले बताए । 

नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीले दाबी गरे । पहिलो पटक र सुरुवाती चरण भएकोले प्रति व्यक्ति २५० रुपैयाँ लिइरहेको क्लिफले जनाएको छ । ग्राहकले ४ देखि ५ मिनेटसम्म जर्ब बलभित्र बसेर मज्जा लिन सकिनेछ। 

द क्लिफले कालीगण्डकी नदिको खोँचमा बन्जी,  बिश्वकै अग्लो स्विङ, गुलेली शैलीको पिङ र स्काई साइक्लीङ समेत निर्माण गरेको छ । यस क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थप्ने योजना रहेको कार्कीले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप