शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा २ वटा प्रहरी विट हस्तान्तरण

सोमबार, १२ माघ २०७७, २० : ५१
सोमबार, १२ माघ २०७७

पोखरा । पोखरामा दुई वटा प्रहरी विट हस्तान्तरण गरिएको छ । पोखरामा रहेको नयाँ सडक सुधार समितिले निर्माण गरेका २ प्रहरी विटको सोमबार जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमाल र वैदाम प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङले रिवन काटेर उद्घाटन गरेका हुन् ।

समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले चावी सहित प्रहरी वित प्रहरीलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा डिएसपी हमालले घामपानीको वेलामा डियूटिमा खटेर सुरक्षा दिने प्रहरीलाइ यि विटले ठुलो सहयोग पुग्ने बताए। उनले सामाजिक संघसंस्था र प्रहरी मिलेर समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकिने धारणा राखेका थिए ।

पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले प्रहरी विट राख्ने क्रममा विभिन्न आरोधको प्रयास भएको बताए । न्युरोड सुधार समिति र प्रहरीको सहकार्यमा करिब ३ लाख रुपैयाको लागतमा २ प्रहरी विट निर्माण गरिएको समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप