शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहपछि अन्य हिरोइनसँग काम गर्ने छैनन् वरुण धवन, चर्चामा यी नायिकाको कमेन्ट

मङ्गलबार, १३ माघ २०७७, १३ : ३६
मङ्गलबार, १३ माघ २०७७

बलिउड नायक वरुण धवन र नताशा दलालको विवाह निकै चर्चामा छ । देशभरीका सेलिब्रिटी र प्रशंसकले उनलाई विवाहको बधाई दिइरहेका छन् । साउथ फिल्मकी नायिका श्रद्धा श्रीनाथले पनि वरुण र नताशालाई विवाहको बधाई दिएकी छिन् । रोचक कुरा के छ भने श्रद्धाको बधाई दिने तरिका केही भिन्न छ । उनले व्यंग्यात्मक तरिकाले वरुण र नताशालाई शुभकामना दिएकी छिन् । 

श्रद्धाले लेखेकी छिन्, ‘दुःखको कुरा यो हो कि हामी अब स्क्रिनमा उनलाई पुनः देख्न पाउने छैनौं । यो त सबैलाई थाहा भएकै कुरा हो कि उनका ससुराली पक्षलाई अब कुनै अन्य हिरोइनसँग काम गरेका हेर्न सक्दैनन् । हुनसक्छ अब उनी पुरुषवादी फिल्ममा काम गर्नेछन् । तर उनले कसरी आफ्नो नीजि जीवन र व्यवसायिक जीवनबीच तालमेल मिलाउन सक्लान् । मुश्किल छ । उनलाई मिस गर्नेछौं । तर पनि... बधाई वरुण..’

श्रद्धा श्रीनाथको यो तरिका थोरै अचम्मको छ तर यसले सबैको ध्यान खिचिरहेको छ । श्रद्धाअघि शाहिद कपुरले पनि केही भिन्न तरिकाले वरुणलाई बधाई दिएका थिए । शाहिख कपुरले कमेन्ट बक्समा लेखेका थिए, ‘दुबै परिवारलाई बधाई र डार्क साइडमा स्वागत छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप