शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहरुख खानले ‘मुन्नाभाइ एमबीबीएस’ मा किन काम गरेनन् ? ऐश्वर्या रायसँग पनि भएको थियो कुरा

बुधबार, १४ माघ २०७७, ०९ : ३५
बुधबार, १४ माघ २०७७

फिल्म मुन्नाभाइ एमबीबीएस फिल्मको क्रेडिट टाइटललाई तपाईंले ध्यान दिएर हेर्नुहुन्छ भने शाहरुख खानलाई धन्यवाद दिइएको छ । किन ? किनभने शाहरुख खानले फिल्मको स्क्रिप्टमा केही उपयोगी सुझाव दिएका थिए । वास्तवमा, जब शाहरुख खान ‘देवदास’ फिल्ममा अभिनय गरिरहेका थिए तब राजकुमार हिरानी आफ्नो फिल्म मुन्नाभाइ एमबीबीएसको स्क्रिप्टलाई अन्तिम रुप दिइरहेका थिए र उनको दिमागमा मुन्नाभाइको भूमिकाका लागि शाहरुख खानमात्रै थिए । शाहरुख पनि स्क्रिप्टका लागि निकै उत्साहित थिए र फिल्म गर्नका लागि राजी पनि । त्यसैले सुझाव पनि दिइरहेका थिए । 

जब फिल्मको स्क्रिप्ट तयार भयो तब शाहरुख खान नै मुन्नाभाइ बन्ने निश्चित थियो । शाहरुख खानको लुकको पनि परीक्षण भएको थियो । राजकुमार हिरानीको यो स्क्रिप्टमा लगानी गर्न विधु विनोद चोपडा तयार भए । विधु विनोद चोपडासँग काम गर्न सहज छैन । उनी निकै कडा र आफ्नो शर्तमा काम गर्ने व्यक्ति हुन् । 

शाहरुख खानलाई लाग्यो कि विधु र उनको कुरा मिल्दैन । शाहरुख पनि आफ्नै शर्तमा काम गर्न रुचाउँछन् । त्यसैले नचाहँदा नचाहँदै शाहरुख खान फिल्मबाट हटे । 

शाहरुखसँग जब फिल्मको विषयमा कुरा भइरहेको थियो तब नायिकाको रुपमा ऐश्वर्याको नाम चर्चामा थियो । यसबारे उनीसँग कुराकानी पनि भइरहेको थियो ।

शाहरुख फिल्मबाट अलग्गिएपछि विवेक ओबरोयलाई अनुबन्ध गर्नेबारे सोचियो । तर न त विवेकसँग कुरा मिल्यो न ऐश्वर्यासँग नै । 

फिल्ममा संजय दत्तलाई जहिरको भूमिकाका लागि छानिएको थियो जुन पछि जिम्मी शेरगिलले निभाएका थिए । अन्त्यमा सञ्जय दत्तलाई मुन्नाभाइको भूमिकाका लागि चुनियो । सर्किटको भूमिकाका लागि मकरंद देशपांडेको नाममा विचार भएको थियो तर पछि यो भूमिका अरशद वारसीले निभाए । 

अन्त्यमा सञ्जय दत्तलाई मुख्य पात्र बनाएर फिल्म बनाइयो र यो हिट पनि रह्यो । यसलाई सञ्जय दत्तको उत्कृष्ट फिल्ममध्येको एक मानिन्छ । यसको सिक्वल पनि बनाइयो र आज पनि सञ्जय दत्तलाई मुन्नाभाइको भूमिकाका लागि याद गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप