खोप लगाएपछि डा. अनुप बाँस्तोलाले भने–कोरोनाविरुद्धको लडाइँमा नयाँ युग सुरु भयो
तर्सनुपर्दैन, खोप निकै प्रभावकारी छ
बुधबार, १४ माघ २०७७, १० : ५५
टेकु अस्पतालका रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले कोरोनाविरुद्धको भ्याक्सिन (खोप) ‘कोभिसिल्ड’ लगाएका छन् । टेकु अस्पतालमा खोप शुभारम्भ कार्यक्रममा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले अब कोरोनाविरुद्भको लडाईमा नयाँ युग सुरु भएको बताए । उनले बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउन डराउनु नपर्ने पनि बताए ।
‘बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउन डराउनु पर्दैन । खोपको एलर्जी भएका, गर्भवती र स्तनपान गराइरहेका, बालबालिकालगायतले यो खोप नलगाउँदा राम्रो हुन्छ’, उनले भने, ‘तर अन्यले तर्सनुपर्दैन । यो खोप निकै प्रभावकारी भएकाले अब कोरोनाविरुद्भको लडाइँमा नयाँ युग सुरु भयो भन्ने लाग्छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो