बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारले माग्यो ४७ हजार कर्मचारी (सूचनासहित)

बुधबार, १४ माघ २०७७, ११ : २२
बुधबार, १४ माघ २०७७

सरकारले करार सेवामा ४७ हजार जना कर्मचारी माग गरेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । 

विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ । 
विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप