शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल, प्रभु र सनराइज बैङ्कमा कुन अब्बल ?

बुधबार, १४ माघ २०७७, १२ : ५५
बुधबार, १४ माघ २०७७

चालु आर्थिक वर्षको ६ महिना सकिएको छ । बैङ्कहरुले दोस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरिरहेका छन् । बुधबार मात्रै (आज) वित्तीय विवरण सार्वजनिक गरेका एउटा सरकारी बैङ्क सहित अन्य दुइ बैङ्क (प्रभु बैङ्क र सनराइज बैङ्क) को वित्तीय अवस्था यस्तो छ

प्रभु बैङ्क

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा (६ महिना)  प्रभु बैङ्कको खुद नाफा१ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिलो वर्ष यसै अवधिमा बैङ्कले १ अर्ब ८ करोड ५७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैङ्कको खराब कर्जा घटेको छ । खराब कर्जा १.०६ प्रतिशत ले घटेर २.०६ प्रतिशतमा आएको छ । गत वर्ष यही अवधिमा खराब कर्जा अनुपात ३.१२ प्रतिशत थियो । वितरणयोग्य नाफा थोरै घटेको छ । बैङ्कको वित्तरणयोग्य नाफा  ९९ करोड ९८ लाख ५ हजार रुपैयाँ रहेकोे छ । बैङ्कको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६६ पैसा पुगेको छ  । यो भनेको ४ रुपैयाँ ६५ पैसा बढेको हो ।

प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा छ । बैङ्कले ब्याजबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । बैङ्कको चुक्तापुँजी ११ अर्ब ३७ करोड ६७ लाख रहेको छ ।

नेपाल बैङ्क

नेपाल बैङ्कले पनि १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । नाफा गत वर्षको भन्दा ०.१४ प्रतिशतकम हो । गत वर्ष बैङ्कले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैङ्कको वितरणयोग्य नाफा भने ०.८० प्रतिशतले घटेको छ । बैङ्कको खराब कर्जा २.८८ प्रतिशत रहेको छ । बैङ्कको प्रतिसेयर आम्दानीमा ६ रुपैयाँ २ पैसाले घटेर २१ रुपैयाँ ३७ पैसामा झरेको छ ।यसकोे प्रतिसेयर नेटवर्थ भने २५३ रुपैयाँ १८ पैसा छ । बैङ्कको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख पुगेको छ । बैकले खुद ब्याज आम्दानी पनि ८.२४ प्रतिशतले बढाएको छ । बैङ्कले ब्याजबाट २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । बैङ्कको लागत (कस्ट आफ फण्ड) ३.५७ प्रतिशत छ । यो भनेको गतवर्षको तुलनामा १.६२ प्रतिशतले घटेको हो ।

सनराइज बैङ्क

सनराइज बैङ्कले ९४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ०.५३ प्रतिशतले बढी हो । गत वर्ष बैङ्कले ९४ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो बैङ्कको खुद ब्याज आम्दानी ११.३१ प्रतिशतले घटेको छ । बैङ्कले १ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

पुस मसान्तसम्म आइपुग्दा बैङ्कको खराब कर्जा ०.६३ प्रतिशतले घटेर १.०६ प्रतिशत भएको छ । बैङ्कको प्रतिसेयर आम्दानी २०.१ रुपैयाँ रहेको  छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा छ ।बैङ्कको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको छ । बैङ्कको कस्टअफ फण्ड  ५.१४ प्रतिशत छ । यो गत वर्षको तुलनामा  २ प्रतिशतले कम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप