बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

बुधबार, १४ माघ २०७७, १३ : २३
बुधबार, १४ माघ २०७७

काठमाडौं । अधिवक्ता धनजीत बस्नेतले सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका छन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता बस्नेतले बुधबार अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।

चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेखित विषयले अदालतको अवहेलना भएको रिट निवेदकको जिकिर छ । उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिले ‘अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा प्रस्ट रुपमा न्यायिक निरुपणको कार्यलाई प्रभाव पार्ने र अदालतप्रति जनताको विश्वास घटाउने गरी गरिएको कार्य अदालतको अवहेलना भएको’ रिट निवेदकको दावी छ । उनले न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को (४) बमोजिम हदैसम्मको सजाय माग गर्दै रिट दायर गरेका हुन् ।

अदालतप्रति जनविश्वास र अदालतको अविच्छिन्न निष्पक्ष न्याय सम्पादन र न्यायिक गतिशीलतालाई प्रभाव पार्ने गरी कुनै प्रकारको अभिव्यक्ति आउनु नहुने उल्लेख गर्दै बस्नेतले रिटमा विपक्षीहरु सम्मानित सर्वोच्च अदालतबाट न्यायापालिकाको नेतृत्व गरी निवृत्तीभरण भएका जिम्मेवार व्यक्ति रहेकाले त्यस्ता व्यक्तिबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाईमा रहेको विषयमा न्याय निरुपणलाई प्रभाव पार्ने गरी प्रेस विज्ञप्ति जारी गरिएको जिकिर गरेका छन् । रिटको पेसी बिहीबारका लागि तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप