शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक पुरुषलाई अदालतको आदेश – महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू

बुधबार, १४ माघ २०७७, १४ : ४०
बुधबार, १४ माघ २०७७

बेलायतको एक अदालतले एक पुरुषलाई सुन्दा अचम्म लाग्ने निर्णय सुनाएको छ । ती  युवकलाई कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरी र महिला दुबैलाई यसबारे जानकारी दिनुपर्ने आदेश दिइएको छ । साथै युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुराकानीमा पनि रोक लगाइएको छ । 

३९ वर्षका पुरुष डीन डायरमाथि यौन हमलाका विभिन्न विषयमा मुद्दा चलिरहेको छ । एक महिलाले ती पुरुषमाथि पार्टीका बेला गलत तरिकाले छोएको र यसको विरोध गर्दा बलात्कारको धम्की पनि दिएको आरोप लगाएकी छिन् । यद्यपि, उनीमाथि लागेका कुनै पनि आरोप पुष्टि भइसकेको छैन । 

डेलीमेलको रिपोर्ट अनुसार अदालतले युवकविरुद्धको आरोप सुनेपछि उनलाई सेक्सुअल रिस्ट्रेन्ट अर्डर थमाइदिएको छ । युवकमाथि १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध स्थापित गर्ने कोसिसलगायतका  सात आरोप लागेका छन् ।

बेलायतमा सेक्सुअल रिस्ट्रेन्ट अर्डर एउटा यस्तो आदेश हो जुन त्यस्ता व्यक्तिलाई दिइन्छ जसको दोष प्रमाणित भएको छैन र जसबाट समाजलाई खतरा छ । 

निर्माण क्षेत्रमा काम गर्ने यी पुरुषलाई दैनिक कामकाजमा कुरा नगरी नहुने महिलासँग मात्रै कुरा गर्न अनुमति दिइएको छ – जस्तै महिला बस कन्डक्टर, महिला प्रहरी । यसका साथै उनले कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्न चाहेको खण्डमा २४ घण्टा अघि प्रहरीलाई यसबारे जानकारी दिनुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप