शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजलासमा हठ नगर्नुस् : प्रधानन्यायाधीश

बुधबार, १४ माघ २०७७, १६ : ३०
बुधबार, १४ माघ २०७७

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा हठ नगर्न कानुन व्यवसायीहरुलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईका क्रममा बुधबार प्रधानन्यायाधीश जबराले बहसका लागि समय सीमा तोक्दै यस्तो निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि तीन सयभन्दा बढी कानुन व्यवसायीले वकालतनामा दिएको र अझै पाँच वटा रिटमाथि सुनुवाई हुनै बाँकी रहेको अवस्थामा प्रधानन्यायाधीश जबराले अब एकजना कानुन व्यवसायीका लागि १० देखि १५ मिनेटमात्र बहसका लागि समय उपलब्ध गराउन सकिने बताए ।

‘अब एक जनाका लागि १० देखि १५ मिनेटमात्र समय दिन सकिन्छ,’ इजलासमा उनले भने, ‘यसमा अब हठ गर्ने काम नगर्नुस् ।’
वरिष्ठ अधिवक्ताका लागि यसअघि समयको खासै अंकुश नलगाइए पनि अब वरिष्ठ अधिवक्ताले समेत आफ्नो बहस बढीमा १५ मिनेटमा सक्नुपर्ने भएको छ । 

संवैधानिक इजलासले यसअघि नै एक जनाका लागि ३० मिनेटको समय बहसका लागि तोकेको भए पनि वरिष्ठ अधिवक्ताहरुले घण्टौं बहस गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप