‘मास्टर’ २९ जनवरीमा रिलिज हुने
बुधबार, १४ माघ २०७७, १८ : २०
मुम्बई । एक्सन थ्रिलर फिल्म ‘मास्टर’ को प्रिमियर मिति घोषणा भएको छ । अमेजन प्राइम भिडियोले प्रतिक्षित तमिल फिल्म ‘मास्टर’ २९ जनवरीमा रिलिज हुने सार्वजनिक गरेको हो । फिल्ममा थलपति विजय, विजय सेतुपतिकोको मुख्य भूमिका रहेको छ । दुई विजयको अलवा फिल्ममा मालविका मोहनन, एन्ड्रिया जेरेमिया, शान्तनु भाग्यराज, अर्जुन दास लगायतको समेत अभिनय देख्न सकिन्छ ।
लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्म जेवियर ब्रिटोले निर्माण गरेका हुन् । एक्सनले भरिएको थ्रिलर फिल्म ‘मास्टर’ मा दुई सुपरस्टार विजयबीच द्धन्द्ध देख्न सकिनेछ । जसले दर्शकलाई फिल्मको पुरै अवधिभर बाँधेर राख्ने काम गर्ने निर्माण पक्षको दाबी रहेको छ । भारतको अलवा २४० देशबाट प्राइम मार्फत फिल्म हेर्न सकिनेछ । फिल्ममा आफुले एक जड्याहा कलेज प्रोफेसरको भूमिका निर्वाह गरेको थलपति विजयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?