चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा, तस्बिरमा हेर्नुस्
बिहीबार, १५ माघ २०७७, १९ : ११
काठमाडौं । बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ । शासकहरुमा जनतामैत्री चेतनाको विकास होस् भन्ने उद्धेश्यका साथ चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइने चलन छ । कलश चाँगुनारायणबाट हनुमानढोकासम्म हिँडेर ल्याउने चलन छ । त्यसपछि हनुमानढोकामा जीवित देवी कुमारीलाई साक्षी राखेर पुजा गरेपछि राष्ट्रपति भवनमा लैजान परम्परा छ ।
सो कलश राष्ट्रपतिलाई दर्शन गराएर चाँगुनारायण लैजाने चलन छ । मल्लकालदेखि शाहकालसम्म भने कलश राजदरबारमा लगिन्थ्यो । कलशको पुजापछि हनुमानढोकास्थित त्रिशुल चोकमा धुनी बालिन्छ । धुनी बालेपछि गर्मीयाम सुरु हुन्छ भन्ने धार्मिक मान्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै