बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नबोली जित्छौ तिमी’ मा नरेश र करुणाको रोमान्स

शुक्रबार, १६ माघ २०७७, ११ : २२
शुक्रबार, १६ माघ २०७७

काठमाडौंँ । गायक कुमार दवाडीको स्वर रहेको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा होम न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत छ ।

गीतको भिडियोमा नरेश भट्टराई र करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोले दरवार बाहिरकी रानीको कथा बोलेको छ । भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् ।

सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन रहेको भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप