शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनलाई कसैले रोक्न सक्दैनः मन्त्री श्रेष्ठ

शुक्रबार, १६ माघ २०७७, १४ : ३०
शुक्रबार, १६ माघ २०७७

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गर्दै उनले अब मुलुक चुनावमय भैसकेको दाबी गरे । उनले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउँदै अधिकांश आयोजना यही सरकारले पुरा गरेका बताए । 

‘तपाईहरु हेर्नुस्m रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठुला अन्तर्राष्ट्रिय विमानस्थल तयार भए, पाइपलाइनबाट तेल आउन थालिसक्यो, रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ, ठाउँ–ठाउँमा सुरुङमार्ग निर्माण भैरहेका छन भन्नुस् त यो काम कसले ग¥यो ? सबै यही सरकारको प्रगति हो ।’ 

उनले मुलुकलाई थप विकासको गतिमा लैजान निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहोर्याए । उनले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गर्दै उनले भने–‘मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन, सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो ।’ 

उनले करिब साढे २ वर्षको अवधिमा आफुले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप