जुम्लामा हत्या आरोपमा दुई पक्राउ
सुर्खेत । जुम्ला प्रहरीले एक महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । गहना लुटपाटपछि ६९ वर्षीया महिलाको हत्या आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ४ सिङगाचौर बस्ने १९ वषिया यज्ञ सार्की र १९ खगेन्द्र सुनार रहेका छन्।
चन्दननाथ भारतीवाडाकी ६९ वर्षीया महिला गत्त पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन् । उनका आफन्तले नाक, कान, घाटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरेका थिए ।
मृत महिलाका आफन्तले हातमा औठी, छाप, कानमा गहना सहित चार तोला सुन समेत नभएको र घाटीमा थिचेको जस्तो घाउ भएको भन्दै प्रहरीमा अनुसन्धान गरिदिन भनि उजुरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार पीडितको उजुरी आएपछि अनुसन्धान गर्दा यही माघ १३ गते उक्त ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउपछि अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो बचत मै मुद्दती सरहको ब्याज पाइने खाता
-
तरकारी खेतीमा वडाध्यक्ष चौधरी
-
पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु
-
बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु
-
सीमा विवाद हल गर्न हामीसँग के कस्तो रणनीति हुनुपर्छ ?
-
बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड