शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी चार देश जहाँ हरेक दिन कोरोनाका कारण एक हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन्

आइतबार, १८ माघ २०७७, १३ : ४०
आइतबार, १८ माघ २०७७

विश्वभर मात्र ४ वटा देश रहेका छन् जहाँ हरेक दिन कोभिड–१९ का कारण १ हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन् । यसमामिलामा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

शनिबार अमेरिकामा २ हजार ८८९ जनाले ज्यान गुमाए । अमेरिकापछि मेक्सिकोमा १ हजार ४३४ जनाले ज्यान गुमाए भने बेलायतमा १२ सय र ब्राजिलमा १ हजार १९६ जनाको मृत्यु भयो । संक्रमितको संख्याको आधारमा १३ औँ स्थानमा रहेको मेक्सिकोमा मृत्युदर अध्यधिक रहेको छ । त्यहाँ हालसम्म १८ लाख बढी संक्रमित फेला परेका छन् ।

विश्वभर कोरोना संक्रमित संख्या १०.३१ करोड पुगेको छ । हालसम्म ७ करोड ४७ लाखभन्दा बढी निको भइसकेका छन् भने २२ लाख २९ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप