शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कट्रिना र ऐश्वर्या अघि यी नायिकासँग बढ्दो निकटताका कारण चर्चामा थिए सलमान खान

आइतबार, १८ माघ २०७७, १३ : ४२
आइतबार, १८ माघ २०७७

बलिउड नायक सलमान खान आफ्ना फिल्मबाहेक नीजि जीवन र आफ्नो सम्बन्धका कारण पनि चर्चामा आइरहन्छन् । इन्डष्ट्रिका सबैभन्दा एलिजिबल ब्याचलरमध्ये एक सलमान खानको नाम इज्डष्ट्रिका थुप्रै उत्कृष्ट नायिकासँग जोडिइसकेको छ जसमध्ये एकसँग त उनको विवाहसमेत निश्चित भइसकेको थियो । आउनुहोस् ती को नायिका हुन् भन्नेबारे जानकारी लिऔं ।

संगीता बिजलानीः

मिस इन्डियासमेत रहिसकेकी संगीता बिजलानी ८० को दशककी एक चर्चित नायिकामध्ये एक थिइन् । यी दुईको सम्बन्ध सन् १९८६ मा त्यतिबेला सुरु भएको थियो जब दुबैजना फिल्मी दुनियाँबाट टाढा थिए । संगीताले सन् १९८७ मा फिल्म कातिलबाट डेब्यू गरेका थिए, यस्तै सलमानले सन् १९८८ मा फिल्म बीवी हो तो ऐसीबाट अभिनयको करियर सुरु गरेका थिए । 

१० वर्षसम्म सम्बन्धमा रहेपछि संगीता र सलमानले विवाह गर्ने निर्णय गरेका थिए । दुबैको विवाहको कार्ड पनि बाँडिइसकेको थियो तर दुबैको विवाह भने हुन सकेन । केही रिपोर्टलाई मान्ने हो भने संगीता सलमानको अन्य नायिकासँगको बढ्दो निकटताका लागि इन्सेक्योर थिइन् यस्तै केही भारती मिडियाले भने सलमानले विवाह गर्न अस्विकार गरेको बताउने गर्छन् । 
त्यसको एक वर्षपछि संगीताले क्रिकेटर अजहरुद्दीनसँग विवाह गरेकी थिइन् । संगीता र सलमान आज पनि राम्रा साथी हुन् र दुबैलाई केही पार्टीहरुमा सँगै देखिन्छ पनि ।

सोमी अलीः

सन् १९९२ ताका सलमान खान र सोमी अलीको बढ्दो निकटता नकै चर्चामा थियो । रिपोर्टलाई विश्वास गर्ने हो भने सोमी नै ती नायिका थिइन् जसका कारण संगीता र सलमानको विवाह टुटेको थियो । सोमी पाकिस्तानी र अमेरिकी नायिका हुन् जसले कृष्ण अवतार, आओ प्यार करें, यार गद्दार र माफियाजस्ता फिल्ममा अभिनय गरिसकेकी थिइन् । रिपोर्टलाई विश्वास गर्ने हो भने सोमी सलमानसँग विवाह गर्न चाहन्थिन् तर सलमान भने राजी थिएनन् । सलमानले कहिले पनि नायिकासँगको सम्बन्धबारे खुलेर कुरा गरेका छैनन् । 

ऐश्वर्या रायः

सलमान र ऐश्वर्या राय सन् १९९९ मा रिलिज भएको फिल्म हम दिल दे चुके सनममा सँगै देखिएका थिए । फिल्मको सुटिङका बेला दुबैले एक अर्कालाई मन दिए र हेर्दाहेर्दै उनीहरुको सम्बन्ध चर्चामा आउन थाल्यो । सलमान ऐश्वर्याका लागि निकै पोजेसिव भएका थिए । कतिपटक त नायक ऐश्वर्या रायको सुटिङ सेटमा अचानक पुग्ने गर्दथे । रिपोर्टलाई विश्वास गर्ने हो भने सलमानले एकपटक मध्य रातमा ऐश्वर्याको घरमा ठूलै तमाशा गरेका थिए तत्पश्चात् उनीहरुको सम्बन्ध बिग्रिएको चर्चा हुन थाल्यो । थुप्रै तनाव, विवादपछि ऐश्वर्या रायले सलमानसँग अलग्गिने निर्णय गरिन् । सलमानसँगको ब्रेकअपपछि नायिका विवेक ओबरोयसँग सम्बन्धमा थिइन् । सलमानले रिसमा आएर विवेकलाई थुप्रैपटक धम्की पनि दिएका थिए । 

कट्रिना कैफः

कट्रिनाले सन् २००५ मा रिलिज भएको फिल्म मेने प्यार क्यों कियाबाट बलिउडमा प्रवेश गरेकी थिइन् । कट्रिनाको ड्ब्यूको पूरा श्रेय सलमान खानमाथि जान्छ । त्यसपछिका थुप्रै फिल्ममा सँगै देखिएपछि दुबैको सम्बन्ध चर्चामा आएको थियो । सलमान कट्रिनाका लागि यति क्रेजी थिए कि एउटा पार्टीमा उनले शाहरुख खानसँग पनि झगडा गरे । त्यसको केही दिन पछि नै कट्रिनाले सलमानसँग ब्रेकअप गरिन् । सलमानसँग ब्रेकअपपछि कट्रिना र रणबीर कपुर सम्बन्धमा रहे । दुबै लिभ इनमा समेत बसेका थिए र चाँडै नै विवाह गर्ने तयारीमा थिए । अर्पिता खानको विवाहमा सलमानले कट्रिनालाई कट्रिना कैफ कपूर भनेर बोलाएका थिए जसले धेरैलाई अचम्मित बनाएको थियो । सलमान खानले कट्रिनाले खान बन्ने अवसर गुमाएको बताएका थिए । 

जरिन खानः

कट्रिना कैफसँग ब्रेकअपपछि सलमान खानले उनी झैं देखिने जरिन खानलाई फिल्म वीरमा लञ्च गरे । यी दुईलाई धेरैजसो सँगै पार्टीमा पनि देखिने गरिन्थ्यो, तत्पश्चात् यी दुईको सम्बन्धबारे खबर बेस्सरी भाइरल भएको थियो । यतिमात्रै होइन, सलमान खानले जरिनलाई बान्द्रास्थित एक फ्ल्याट पनि उपहारमा दिएको बताइन्छ । यद्यपि, यी दुईले कहिले पनि यसबारे खुलेर कुरा गरेनन् । 



डेजी शाहः

तेरे नाम फिल्मको एउटा गीतमा सलमान खानको पछाडि नाचिरहेको देखिएकी डेजी शाहको क्षमताबाट प्रभावित भएर सलमानले उनलाई आफ्नो फिल्म जय हो मा कास्ट गरेका थिए । फिल्ममा सँगै देखिएपछि यी दुईलाई थुप्रै पटक सँगै पार्टीमा देखियो । खबरलाई विश्वास गर्ने हो भने दुबै सम्बन्धमा पनि थिए यद्यपि, दुबैले यसबारे चुप बस्न नै रुचाए । 

यूलियो वन्तुरः

थुप्रै कलाकारसहित सलमान खानले रोमानियन ब्यूटी युलिया वन्तूरलाई पनि फिल्म ओ तेरी बाट लञ्च गरेका थिए । दुबै केही समयपछि निकै नजिक भए र दुबैलाई धेरैजसो स्थानमा सँगै देखिन थालियो । यूलिया सलमान खानसँग मात्रै होइन, उनको परिवारसँग पनि निकै नजिक छिन् । लकडाउनको धेरैजसो समय यूलियाले सलमानसँग उनको पनवेलस्थित फार्महाउसमा बिताइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप