सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक नियुक्ति सिफारिस
काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएर पनि बैठक बस्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाविनै बसेको बैठकले विभिन्न्न संवैधानिक निकायमा नियुक्ति गर्न सिफारिस गरेको थियो । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो ।
यसबारे सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएएको बताएका छन् । सभामुख सापकोटाले नियुक्ति सिफारिस फिर्ता गरेको बोधार्थ राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेतालाई पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु