मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारको सैन्य ‘कू’बारे काँग्रेस: ‘प्रतिगमनविरुद्ध छौँ, देश होस् या परदेश’

सोमबार, १९ माघ २०७७, ०९ : ४४
सोमबार, १९ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसले म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोधको जरुरी रहेको बताएको छ ।  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान ट्विट गरेर म्यानमानरमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोध जरुरी रहेको बताएका हुन् ।

निर्वाचन निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको उनको भनाइ छ । प्रवक्ता शर्माले रोहिंग्या समुदायमाथि म्यानमारकी नेतृ आङ सान सूकीले देखाएको व्यवहार पनि अमानवीय भएको बताए ।

उनले लेखेका छन्, ‘यद्यपि रोहिंग्या समुदायमाथि सूची सत्ताको व्यवहारको पुरानो घटना अमानवीय थियो । तर, मानवियताको बाटो फेरि पनि लोकतन्त्रनै हो । हामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा ।’

म्यानमारमा गएराति सेनाले ‘कू’ गरेर स्टेट काउन्सिलर आङ सान सूकी र सूकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका वरिष्ठ नेताहरुलाई पक्राउ गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप