शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्स र मिडवाइफको लाइसेन्स परीक्षा फारम माघ २१ गतेबाट खुल्ने

सोमबार, १९ माघ २०७७, १८ : १२
सोमबार, १९ माघ २०७७

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफको लाइसेन्स परीक्षा आगामी चैत ७ गते सञ्चालन गर्ने भएको छ । २६ औं नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा सहभागी हुनेहरूले आगामी माघ २१ देखि फागुन २० गतेसम्म अनलाइन फारम भर्न सक्ने काउन्सिलले सोमबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

फागुन २१ देखि २७ फागुनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने समेत काउन्सिलले जनाएको छ । नेपाल नर्सिङ काउन्सिलद्वारा जारी गरिएको नाम दर्ता प्रमाण पत्र लाइसेन्स परीक्षा पिसीएल नर्सिङ, बीएस्सी नर्सिङ रमिड वाइफको सहभागी हुनका लागि व्याचलर अफ मिड वाइफ उत्तीर्ण गरेकाहरूले फारम भर्न सक्ने छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप