माघ १९ को संयोग : मध्यरातमा सेनाको बख्तरबन्द गाडीको ‘परेड’ (फोटोफिचर)
सोमबार राति १० बजे युद्ध कवज गण स्वयम्भूबाट नेपाली सेनाको हातहतियारले सुसज्जित बख्तरबन्द गाडी सडकमा निस्कियो । संयोग कस्तो रह्यो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्तरबन्द गाडी सडकमा निस्किएको थियो ।
वर्तमान विकसित राजनीतिक घटनाक्रमका समेत तीव्र बनिरहेको बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ । यद्यपि कतिपयले यसलाई ‘माघ १९ कै छेको पारेर किन सडकमा बख्तरबन्द गाडीको परेड’ भनेर प्रश्न समेत उठाएका छन् ।
चर्चित लेखक खगेन्द्र संग्रौलाले सत्तामा केपी ओलीको जग्जगी सुरु भएको बेला ‘सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो ? भन्ने प्रश्न गरेका छन् । उनले मात्रै होइन जनस्तरसम्म बख्तरबन्दले के सन्देश दिन खोजेको हो भन्ने खालको चर्चा भएका छन् ।
तर, सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यास योजना अनुसार सोमबार राति सेनाको गाडीले चक्रपथको चक्कर लगाएको जानकारी दिए । सेनाका अनुुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको एक चक्कर लगाएको हो ।
सेनाको तर्कअनुसार व्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नुपर्ने हुन्छ । त्यसका लागि सडक जाम नहुने समय पारेर रातिको समयमा सैन्य गाडी सडकमा निकालिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य