शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाँगुनारायणको बजेट करिव ३२ प्रतिशतमात्र खर्च

मङ्गलबार, २० माघ २०७७, ०८ : ४४
मङ्गलबार, २० माघ २०७७

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । सोमबारबाट सुरु भएको नगरसभामा अर्ध वार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै उपप्रमुख विणा बास्तोलाले यस आर्थिक वर्षमा १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय बजेट विनियोजित भएको जनाकारी दिइन् ।

‘हालसम्म छयालिस करोड साठी लाख छयालिस हजार पाँच सय रुपैयाँ खर्च भएको छ, यो खर्च कुल विनियोजित बजेटको ३१.४३ प्रतिशत हो,’ उपप्रमुख बास्तोलाले भनिन् ।

जसमा पुँजीगत तर्फ विनियोजित एकासी करोड पच्चिस लाख नब्बे हजार रुपैयाँमा माघ ११ गते सम्ममा चौविस करोड छयालिस लाख पचहत्तर हजार छ सय चौरासी रुपैया खर्च भएको उनको भनाई छ ।

नगरपालिकाको आन्तरिक राजश्व चालु आव २०७७÷७८ को लागि कुल रु अठ्ठाईस करोड एकहत्तर लाख साठी हजार रुपैयाँ प्रक्षेपित आय अनुमान गरेको थियो । चालु माघ ११ गते सम्म कुल सात करोड छब्बीस लाख छयत्तर हजार आठ सय चौवालिस रुपैयाँ मात्र संकलन भएको छ र यो कुल प्रक्षेपणको २५.३० प्रतिशत रहेको छ उपप्रमुख बास्तोलाले बताइन् ।

नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाको आफ्नै हलमा नगर सभा गर्ने सपना पुरा भएको बताए । थाइल्याण्डवासीको सहयोगमा चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीको तपा डम्फोमा बनेको भवनमा नगरसभा सुरु भएको छ । आफ्नै भवन बनाउनका लागि नगरपालिकाको वडा नम्बर ५ घुमाउनेमा २५ करोड ४६ लाख २५ हजार ४ सय १४ रुपैयाँमा ठेक्का दिइ काम सुरु भएको मिश्रले बताए ।

नगर प्रमुख मिश्रले हिउँदे सभामा ६ महिने कार्यकालको समीक्षा गरिने जानकारी दिए । नगरसभामा वडा नं. १ का वडाध्यक्ष राजेश खड्का, वडा नं. ३ का श्यामसुन्दर धिमाल, वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्कालगायतले विभिन्न विधेयक प्रस्तुत गरेका थिए ।

सभामा चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले विभूषण, पदक, पुरस्कार तथा सम्मान सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, ९ का वडाध्यक्ष गणेश त्यातले आर्थिक विधेयकमा संशोधन प्रस्तुत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप