बलिउडबाट किन टाढिँदै छिन् प्रीति जिन्टा ?
बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एक समय उनलाई फिल्मको पर्दामा निकै हेरिन्थ्यो ।
प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? जो कोहीको मनमा पनि यहि प्रश्न उब्जिएको हुनसक्छ ।
यही प्रश्नको जवाफ प्रीतिले एक अन्तवार्ताका क्रममा दिएकी छन् । जसमा उनले भनेकी छन् ‘मनोरञ्जन दुनियाबाट म टाढा हुनुको एक कारण यो हो कि मलाई आफूलाई बेच्नु छैन ।’ प्रीतिले ‘म जुन काम गर्छु । त्यसैबाट नै चर्चामा रहन चाहने’ बताएकी छन् ।
बलिउडमा कयौँ हिट फिल्म दिएकी प्रीति पछिल्लो समय मणीरत्नमको फिल्म ‘दिल से’को सानो भूमिकामा देखिएकी थिइन् । यसपछि उनी शेखर कपुरको फिल्म ‘तारा रम पप’मा देखिने चर्चा थियो । तर फिल्मबाट उनलाई हटाइयो ।
सोल्जर, दिल चाहता है, कोई मिल गया, कल हो ना हो, वीर जारा, अलविदा लगायत उनका थुप्रै फिल्म हिट फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीको एकीकृत कर प्रणालीमा पहुँच राखेको आरोपमा दुई जना पक्राउ
-
७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी
-
सुदूरपश्चिमको बरघर भलमन्सा ऐन चाँडै आउँछ : मुख्यमन्त्री शाह
-
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु पछिको खुसीयाली, तस्बिरमा हेर्नुहोस्
-
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालसँग मलेसिया पराजित
-
परशुराम नगरपालिकास्तरीय भलिबल र क्रिकेट प्रतियोगिता हुँदै