शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुहारमा कागतीको रस लगाउँदा हुनसक्छन् यी समस्या

बुधबार, २१ माघ २०७७, ०८ : १८
बुधबार, २१ माघ २०७७

केही मानिसहरु अनुहारको ह्वाइटहेड्स र सनस्पट्सदेखि चाउरी हटाउन र गोरो बन्नका लागि अनुहारमा सिधै कागतीको रस लगाउँछन् । तर छालाको लागि यो हानिकारक हुनसक्छ । कागतीको रस सिधै छालामा लगाउँदा पोल्न सक्छ । विशेषगरी जसको छाला निकै संवेदनशील छ, उनीहरुलाई अमिलो फल लगाउन सल्लाह दिइँदैन ।

अनुहारमा कागतीको रस लगाउँदा छाला रातो हुने, सुख्खा हुने र छाला निस्कने लगायतका समस्या पनि आउन सक्छन् । अमिलो रस सूर्यको प्रकाशको सम्पर्कमा आउँदा मार्यरिटा बर्न (जलन) बाट पीडित हुने सम्भावना छ जसलाई फाइटोफोटोडर्माटाइटिस पनि भनिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप