शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आठ वर्षकी छोरीलाई पढाईको महत्व बुझाउन ट्वीङ्कल हरेक दिन बिहान छोरीसँगै पढ्छिन् किताबका २५ पाना

बुधबार, २१ माघ २०७७, ०९ : १७
बुधबार, २१ माघ २०७७

पैसा र प्रसिद्धिले बच्चालाई बिगार्छ भन्ने आमा मान्यता रहेको छ । तर बलिउडकाम थुप्रै सेलिब्रिटी आमा छन् जसले आफ्नो बालबच्चाको लालन पालनमा उदाहरण बनिरहेका छन् । ट्वीङ्कल खन्नाले आफ्ना र छोरीका लागि हरेक बिहान कुनै न कुनै किताबो २५ पाना पढ्ने लक्ष्य राखेकी छिन् ता कि छोरीमा पनि पढ्ने बानीको विकास होस् र उनले यसको महत्व बुझुन् । यो लक्ष्य उनी हरेक बिहान हासिल गर्ने कोसिस गर्ने गर्छिन् । 

अभिनेता अक्षय कुमारकी श्रीमती तथा लेखिका ट्वीङ्कलले मंगलबार सोसल मिडियामा एउटा पोस्ट गरेकी थिइन् । योसँग यसमा तस्बिर पनि जसमा आमा छोरी दुबैजना किताब पढिरहेको देखिएका छन् । 

ट्वीङ्कले पोस्टमा लेखेकी छिन्, ‘मैले ८ वर्षीया छोरी नितारालाई तिमीले हरेक दिन २५ पाना पढ्नुपर्छ भनेकी छु । म पनि पढ्नेछु । उनले सोधिन् – तर तपाईंलाई कसले टारगेट दिन्छ मम्मा ? जवाफमा मैले भने – ठूलो हुनुको यही नै सबैभन्दा जटिल हिस्सा हो ।’

‘तपाईंले आफैंले आफैंलाई यस्ता टास्क दिनुपर्छ । ध्यान राख्नुपर्छ कि तपाईं त्यसमा अडिग रहनुहोस् । ब्रस गरेपछि कपाल नकोरिकनै हामीले दिनको सबैभन्दा राम्रो तरिकाले सुरुवात गरेका छौं । यद्यपि, सधैं २५ पाना नै हुनुपर्छ भन्ने छैन । कहिलेकाँही पाँच पाना मात्रै पढेका हुन्छौं । ’

‘के हामी संवाद गर जस्ता शब्द संस्कारमा जोड्न सक्दैनौं ?’ ट्वीङ्कल धेरैजोि बच्चाको विषयमा आफ्नो दैनिकको अनुभव साझा गर्छिन् । अभिभावकत्वमा सुझाव दिइरहन्छिन् । उनले दुईवटा किताब लेखिसकेकी छिन् । उनी भन्छिन्, ‘हाम्रो देशमा आमा बुवालाई पुजिन्छ । हामी सम्मान गर, आज्ञाकारी बन जस्ता शब्द सुनेर हुर्किएका हौं । के हामी यसमा संवाद गर, बिना शर्त प्रेम गर र सहारा बनजस्ता शब्द जोड्न सक्दैनौं ?’

यी अभिनेत्री पनि उदाहरणः

जीवनशैलीः शिल्पा शेट्टी योगलाई अपनाइसकेकी छिन् । उनी धेरैजसो छोरा विवानसँग योग गरिरहेको देखिन्छिन् । उनलाई प्रेरित गर्छिन् । 

स्वास्थ्यः माधुरी दीक्षित आफ्ना दुबै बच्चालाई राम्रोसँग हात धुन, बिहान उठ्ने बित्तिकै ब्रस गर्न र जति नै ढिला भएपनि राती सुत्नु अघि ब्रस गर्न सुझाउँछिन् । उनी आफैं पनि यो कुरामा अडिग छिन् । 

व्यवहारः डिनाइनर तथा ऋतिक रोशनकी पूर्व श्रीमती सुजैन खान आफ्नो निर्णय आफैं लिन्छिन् । बच्चालाई पनि उनीहरुको निर्णय लिन दिन्छिन् ता कि उनीहरुमा आत्मविश्वास पैदा हुन सकोस् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप