शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षको आमहड्ताल : शीर्ष नेताहरु सडकमा, तस्विरमा हेर्नुहोस्

बिहीबार, २२ माघ २०७७, ०९ : ०२
बिहीबार, २२ माघ २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ ।

बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु खटिएका छन् ।

यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।  प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका ७१ जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

हेरौँ तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप