शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमहड्तालले प्रदेश २ को जनजीवन प्रभावित,  १७ जना बन्दकर्ता पक्राउ

बिहीबार, २२ माघ २०७७, १२ : ०२
बिहीबार, २२ माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालको प्रभाव प्रदेश  २ को ८ वटै जिल्लामा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विरोधमा प्रचण्ड–माधव पक्षले आमहड्तालको घोषणा गरेको हो । बन्दका कारण जनजीवन प्रभावित बनेको छ । 

हड्तालका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी  सहितका सदरमुकाममा बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता बन्द बन्द गराउँदै हिँडेका छन् । सो क्रममा  पर्सा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । 

आमहड्तालले प्रदेश नम्बर २ मा लामो तथा छोटो दुरीका सवारी साधनसहित विद्यालय, कलकारखाना लगायतका क्षेत्रहरु ठप्प भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप