बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलिउडका चर्चित अभिनेत्रीको 'भिलेन रोल'

बिहीबार, २२ माघ २०७७, १३ : ०४
बिहीबार, २२ माघ २०७७

एजेन्सी । बलिउडमा नकारात्मक भूमिकामा देखिने केही भिलेनहरुका नाम त सबैलाई थाहा नै छ । जीवन, लोयन, अमरेश पुरी जस्ता भिलेनहरुको बलिउडमा निकै चर्चा छ । तर, बलिउडमा केही यस्ता अभिनेत्रीहरु छन् जसले नकारात्मक भूमिकामा पनि देखिएका थिए । उनीहरुले नकारात्मक भूमिका निर्वाह गरेर पनि धेरैको मन जितेका थिए । 

रेखा 
बहुचर्चित अभिनेत्री रेखाले 'खेलाडीका खेलाडी'मा म्याडम मायाको भूमिका निर्वाह गरेका थिए । उनी उक्त भूमिकामा पनि निकै चर्चित भएका थिए । 

अमृता सिंह 
अभिनेत्री अमृता सिंहले थुप्रै सुपरहिट फिल्म खेलेकी छिन् । उनले 'सूर्यबंशी' र 'कलयुग'मा अमृताले खलनायकको भूमिका निभाएकी थिइन् । उनलाई उक्त भूमिकामा पनि प्रशंसा मिलेको थियो । 

ऐश्वर्या राय 
सन् २००४ मा आएको फिल्म 'खाकी'मा ऐश्वयाले नकारात्मक भूमिका निभाएकी थिइन् । उनको नकारात्मक भूमिकालाई धेरैले मन पराए । 

काजोल
काजोलले सुरुवाती दिनहरुमा थुप्रै फिल्ममा नकारात्मक भूमिका निभाएकी थिइन् । सन् १९९७ मा 'गुप्तु'मा काजोलले ईशा नामकी युवतीको भूमिका निभाएकी थिइन् । जसमा मनिषा कोइराला र बबि देओल मुख्य भूमिकामा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप