शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कंगना रनौतका ती फोटोसुट जुन बने उनको ट्रोलिङका कारण

बिहीबार, २२ माघ २०७७, १३ : ४६
बिहीबार, २२ माघ २०७७

कंगना रनौतले किसान आन्दोलनको विषयमा पप स्टार रिहानाको ट्वीटमा यस्ता प्रतिक्रिया दिएका छन् जुन केही मानिसहरुका लागि पाच्य भएन । त्यसपछि यी भारतीय नायिकाले फोटोलाई मानिसहरुले भाइरल बनाउन सुरु गरे । यी तस्बिर उनका फोटोसुटसँग सम्बन्धित छन् जसमा कंगना अत्यधिक बोल्द देखिएकी थिइन् । यसमा नायिकालाई जुन पहिरनमा देखिएको छ ती डिजाइनदेखि कटको मामिलामा निकै रिभिलिङ थिए । 

हटेस्ट फोटोसुटः

वास्तवमा कंगनाको यो फोटोसुट एक म्यागजनिका लागि थियो । यसलाई नायिकाको अहिलेसम्मको हटेस्ट सुटको नाम दिइएको थियो । 

लन्जरीमा किलर लुकः

फोटोसुटका लागि कंगनाले बिकिनी, स्विमसुटजस्ता कपडा लगाएकी थिइन् । यो तस्बिरमा नायिकालाई कालो रङको भित्री वस्त्रमा देख्न सकिन्छ । 

बोल्ड लुक, किलर पोजः

यी तस्बिरमा पनि कंगनाको बोल्ड अवतार देख्न सकिन्छ । एकातिर उनी लेसले बनेको बडी सुटमा देखिएकी छिन् भने अर्कोमा उनले निकै कामुक पोज दिएकी छिन् । 

ब्रालेट र प्लङ्गिङ नेकलाइन ड्रेसः

यी फोटोसुटमा कंगनालाई कार्सेट ड्रेट, ब्रालेटमा पनि देखिएको थियो । उनले जुन पहिरन लगाएकी थिइन् ती निकै पारदर्शी थिए । 

फिल्म फेस्टिबलमा पनि देखिएको थियो बोल्ड लुकः

हुन त फोटोसुटमा मात्रै होइन उनले कान्स फिल्म फेस्टिबलमा पनि बोल्ड पहिरन छानेकी थिइन् । यी तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि कंगनाले अत्यधिक आलोचना पनि खेप्नु परेको थियो । ट्रोलर्सले उनलाई निशाना बनाउँदै ‘संस्कार’ सम्मको याद दिलाएका थिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप