‘नक्क्ली सिसाका टुक्राहरु फुटेर गए हिरा र सुन यता’
काठमाडौं । नेकपा ओली पक्षका नेता कृष्णगोपाल श्रेष्ठले प्रचण्ड–माधव नेतृत्वको नेकपालाई नक्कली सिसाको संज्ञा दिएका छन् । नारायणहिटी संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले प्रचण्डमाधव पक्षलाई नक्कली सिसाको टुक्राहरु भएको र उनीहरु फुटेर गएको बताएका हुन् ।
‘नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए, सक्कली हिरा र सुन यता छन्’, श्रेष्ठको भनाई छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नुपरेको भन्दै ‘लोकतन्त्र र संविधान गम्भीर संकटमा परको’ बताए ।
शिक्षामन्त्री समेत रहेका श्रेष्ठले आगामी वैशाख १७ गते निर्वाचन सकिने र २४ गते विशाल जनसभा गर्ने बताएका छन् । नारायणहिटी संग्रहालय अगाडि सुरु भएको जनसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले आगामी माघ २४ गते यस्तै जनसभा गर्ने बताएका हुन् । ‘आगामी बैशाख १७ निर्वाचन सकिन्छ र २४ गते यस्तै विशाल जनसभा गर्छौ,’ श्रेष्ठको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै