शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिषेक बच्चनको जन्मदिनमा भावुक भए अमिताभ बच्चन

शुक्रबार, २३ माघ २०७७, १३ : ५८
शुक्रबार, २३ माघ २०७७

हिन्दी सिनेमाका दिग्गज अभिनेता अभिषेक बच्चन ५ फेब्रअुरी अर्थात् आज ४५ वर्ष पुगेका छन् । छोरा यो उमेरमा पुग्दा पिता अमिताभ बच्चन भावुक भएका छन् । यसको अन्दाज उनको फेसबुक पोस्टमार्फत् गर्न सकिन्छ । अमिताभले इन्स्टाग्राममा अभिषेकसँगको दुईवटा तस्बिर कोलाज पोस्ट गरेका छन् । योसँग बिग बीले एक सन्देश पनि लेखेका छन् । 

इन्स्टाग्राममा कोलाजको पहिलो तस्बिर श्यामश्वेत छ । थुप्रै वर्ष पुरानो यो तस्बिरमा अमिताभले छोराको हात समातेर हिँडिरहेको देखिएका छन् । दोस्रो तस्बिर केही वर्ष अघिको हो । कुनै आयोजनामा अभिषेक पिता अमिताभको हात समातेर उनलाई गाइड गरिरहेको देखिएका छन् । यो फोटो कोलाजसँग अमिताभले लेखे, ‘कुनै बेला उनको हात समातेर म उसलाई बाटो देखाउँथे अब ऊ मेरो हात समातेर मलाई बाटो देखाउँछ । ह्पाप्पी बर्थडे अभिषेक बच्चन । ५ फेब्रुअरी, २०२१ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप