शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आमहड्तालमा ट्याक्सी जलाइएको विरोधमा चालकहरु सडकमा, १५ तस्बिरमा हेर्नुहोस्

शनिबार, २४ माघ २०७७, १४ : ५५
शनिबार, २४ माघ २०७७

माघ २२ गते नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि त्यसको विरोधमा चालकहरु आन्दोलित भएका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् । 

‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज’ को ब्यानरमा भएको विरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको सरक्षण गर्न माग गरेका थिए ।  यस्तै शान्ति सुरक्षा फितलो भएको आरोप लगाउँदै आक्रोश पोखेका उनीहरुले आफूहरुलाई हाल आइपरेका विभिन्न समस्याबारे पनि ध्यानाकर्षक गराएका थिए । 

उनीहरुले टुटल पठाओ जस्ता सेवा बन्द गरिनुपर्ने, ट्याक्सी स्ट्यान्ड र शौचालयको व्यवस्था गरिनुपर्ने, कुनै पनि बहानामा सार्वजनिक सवारी साधन  तोडफोड र आगजनी बन्द गरिनुपर्ने, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर्नुपर्ने, यातायात क्षेत्रमा हुने गरेका गैरकानुनी धन्दा बन्द हुनुपर्ने जस्ता माग समेत गरेका थिए । 

आमहड्तालका क्रममा माघ २२ गते बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको थियो ।  कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । सो आगजनीमा संलग्नलाई हालसम्म प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन भने प्रचण्ड–नेपाल पक्षले आगजनीमा आफूहरुको संलग्नता नरहेको दावी गर्दै घुसपैठको आरोप लगाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप