बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशंसकले सोधे कपिल शर्मालाई छोराको नाम, दिए यस्तो जवाफ

आइतबार, २५ माघ २०७७, ०८ : २४
आइतबार, २५ माघ २०७७

छोरीका आमाबुवा बनेपछि कपिल शर्मा र उनकी श्रीमती गिन्नी चतरथ दोस्रो पटक आमाबुवा बनेका छन् । भारतीय हास्यकलाकारले यो खबर आफ्नो सोसल मिडिया अकाउन्टमार्फत् सेयर गरेका थिए । 

के राखे कपिल शर्माले छोराको नाम ?

कपिल शर्माले ट्वीट गर्दै लेखे, ‘हाम्रो सानो छोराका लागि तपाईंहरु सबैको प्रेम र आशीर्वादका लागि मुरी मुरी धन्यवाद ।’ एक प्रशंसकले कपिल शर्मालाई सोसल मिडियामा बधाई दिँदै सोधे, ‘तपाईंले आफ्नो छोराको नाम के राख्नुभएको छ ?’ यसको जवाफमा कपिल शर्मा भन्छन्, ‘धन्यवाद, तर अहिले नै नामकरण भएको छैन ।’

स्मरण रहोस्, कपिल शर्माकी छोरी अनायरा शर्मा १० डिसेम्बरमा एक वर्ष पूरा भएकी छिन् । 

कपिल शर्मा र गिन्नीले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप